Aamsanchar

आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग

Author Image
बुधवार, मंसिर १२, २०७५

काठमाडौँ, 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उहाँले चीनले भाषा र सांस्कृतिक क्षेत्रमा समेत सहकार्य गर्न इच्छुक रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि चिनीयाँ राजदूत यु होङले नेपाल र चीन प्राचीन कालदेखि एक असल मित्र रहँदै आएको उल्लेख गर्नुहुँदै नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने बताउनुभयो । उहाँले सन् २०१८ नेपाल र चीनका लागि महत्वपूर्ण वर्ष भएको उल्लेख गर्दै नेपाल विकास र समृद्धिको बाटोतर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्नुभयो ।

राजदूत होङले नेपाल र चीन सीमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दुबै देशले एकअर्काको भाषा र संस्कृतिको आदानप्रदान कार्यलाई आगामी दिनमा थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिश्चन्द्र शाहले विगतका वर्षमा पनि चिनीयाँ राजदूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा चिनीयाँ भाषा शिक्षण कार्य हुँदै आएको जानकारी दिनुभयो ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर