Aamsanchar

एक सय २३ घरेलु हिंसाका उजुरी

Author Image
बिहिवार, मंसिर १३, २०७५

रुपन्देही, 

यो आर्थिक वर्षमा रुपन्देहीमा एक सय २३ जना महिला घरेलु हिंसामा परेका छन् ।

यो आवको भदौदेखि अहिलेसम्म एक सय २३ महिलाले घरेलु हिंसाको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तव्य ज्यानसम्बन्धी दुई वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला सेलका असई मीना आचार्यले जानकारी दिनुभयो ।

अधिकांश कुटपिट र घरायसी विवादका घटना आउने गरेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका घटनामध्ये तीन वटा घटनाको मात्रै मुद्दा दर्ता भएको छ । अन्य सबै घटनामा मिलापत्र हुने गरेको असई आचार्यले बताउनुभयो ।

Views: 114

प्रतिक्रिया (०)