Aamsanchar

‘राजनीतिबाट ५० प्रतिशत अपराधको संरक्षण’

Author Image
बुधवार, साउन २६, २०७३

भक्तपुरः

1462862014Narayanman-Bijukche

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिले आधा अपराधलाई संरक्षण दिँदै खुलासा गरेका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयले महानगरीय प्रहरी परिसर भक्तपुरसँगको सहकार्यमा मंगलबार गरेको ‘विद्यार्थीसँग प्रहरी’ विषयक कार्यक्रममा अध्यक्ष बिजुक्छेले भने, ‘देशको आधा अपराधलाई राजनीतिले संरक्षण दिँदै आएको छ ।’

उनले प्रहरीले इमानदारी र जिम्मेवारीपूर्वक काम गर्ने तथा सरकारले प्रहरीको अनुसन्धान कार्यान्वयन गर्ने हो भने धेरै मन्त्री, पूर्वमन्त्रीहरु जेलमा पर्ने दावी गरे ।मन्त्री, पूर्वमन्त्री तथा राजनीतिक दलका नेताहरुले अपराधीहरु जोगाउँदै आएकोतर्फ संकेत गर्दै उनले भने, ‘नेपाल प्रहरीले इमानदारी र जिम्मेदारीपूर्वक काम गर्ने तथा सरकारले प्रहरी अनुसन्धान कार्यान्वयन गरे हाम्रा धेरै मन्त्री र पूर्वमन्त्रीहरु जेल पर्छन् ।’

अध्यक्ष बिजुक्छेले प्रहरी, अपराध र त्यसका सजाय, कानुनलगायतबारेको जानकारी विद्यालयको पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने धारणा राखे ।केपी ओली प्रधानमन्त्रीकालका कानुनमन्त्री अग्नि खरेललाई समेत यसबारे ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

कार्यक्रममा नेमकिपाका सांसद प्रेम सुवालले प्रहरी सेवा प्रवेश गर्नेहरुमा पैसा कमाउने उद्देश्य हुने भएकाले उनीहरुबाट नेपाल प्रहरीको उद्देश्य पूरा नहुने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर