Aamsanchar

महरा र निधिलाई चीन र भारत पठाउने

Author Image
बिहिवार, साउन २७, २०७३

काठमाडौँ।

mantri

नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जानुहुने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधानमन्त्री महराले आफूहरू निकट भविष्यमा ती मुलुकको औपचारिक भ्रमण जाने जानकारी दिनुभयो ।

बैठकले महङ्गी, कालोबजारी, कृत्रिम अभाव र खाद्यवस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

कालोबजारीलाई प्रभावकारी ढङ्गबाट छिटोभन्दा छिटो अन्त्य गर्न गृहमन्त्रालय र आपूर्ति तथा वाणिज्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो । त्यसका लागि कानुनमा देखिएका अड्चन हटाउन कानुन संशोधन वा परिमार्जन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रवक्ता महराले जतिसक्दो चाँडो सरकारले पूर्णता पाउने विश्वास समेत व्यक्त गर्नुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर