Aamsanchar

सैनिक प्रवक्तामा ढकाल

Author Image
शुक्रवार, पौष २०, २०७५

काठमाडौँ,

नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ ।

पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

उहाँले आगामी सातादेखि जिम्मेवारी सम्हाल्नु हुनेछ । हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएको छ ।

उहाँले नयाँ प्रवक्तालाई आगामी साता जिम्मेवारीको बुझ बुझारत गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट थाहा भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीका प्रमुख एवं सहायकरथी सीताराम खड्काको मध्यपश्चिम पृतनामा सरुवा भएको छ ।

Views: 221

प्रतिक्रिया (०)