Aamsanchar

ज्येष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धन गर्न शिविर

Author Image
सोमवार, पौष ३०, २०७५

अर्जुनधारा।

शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ ।

प्रत्येक चौमासीकमा सञ्चालन हुने उक्त शिविर ज्येष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको औषधालयकी वैद्य सुमन तिम्सिनाले बताइन् ।

विशेष गरी ज्येष्ठ नागरिकहरुको लागि आयोजना गरिएको उक्त शिविरमा स्वास्थ्य परीक्षण, औषधी वितरण, थेरापी, पञ्चकर्म, शिरोधारालगायतका सेवाहरु सञ्चालन हुने वैद्य तिम्सनाले जानकारी दिइन् ।

शिविरमा वैद्य तिम्सिनाले बिरामीहरुको स्वास्थ्य परीक्षण तथा थेरापिस्टद्धय छलूमाया माझी र धीरेन राईले होल बडी मसाज गरेका थिए । उक्त शिविरमा ६५ जनाले सेवा लिएको र २५ हजार मूल्य बराबरको औषधी वितरण गरिएको औषधालयका कार्यालय सहायक महेन्द्र खरेलले जानकारी दिए ।

त्यसैगरी विशेष गरी बाथ रोगका बिरामीहरुलाई लक्षित गरी गत शुक्रबार सम्पन्न गरेका पञ्चकर्म(पूर्व कर्म) कार्यक्रममा ४० जनाले सेवा लिएको र ३० हजार मूल्य बराबरको औषधी निःशुल्क वितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर