Aamsanchar

इलाममा डाक्टर गोविन्द केसी विरुद्ध विशाल जनप्रर्दशन

Author Image
सोमवार, पौष ३०, २०७५

इलाम ।

इलाम बजारमा चार दिनदेखि सत्याग्रहमा बसेका विद्यार्थी युवा विजय थापाको समर्थनमा सोमबार विशाल ¥याली निकालिएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसन बसेका डा.गोविन्द केसीविरुद्ध इलाममा युवाहरुले विरोध ¥याली निकालेका हुन् । पाँचथर, ताप्लेजुङ, इलाम लगायतका पूर्वी पहाडी जिल्लाबाट आएका युवाहरु डा. केसीका विरुद्ध सडकमा नाराजुलुस गरेका हुन् । उनीहरुले डा केसीको अनसनका विरुद्ध अनसन बसिरहेका युवा अभियन्ता थापालाई समर्थन गरेका छन् ।

४–५ हजारको संख्यामा आएका युवाहरुले इलामको लाकुरी भञ्ज्याङ चोकबाट सुरु भएको जुलुस इलाम अस्पताल र टुुडिखेल हुँदै फेरि लाकुरी भञ्ज्याङ चोकमा आएर कोणसभामा परिणत भएको थियो । थापाको अनशनमा दिनप्रतिदिन समर्थक बढ्दै गएका छन् ।

काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै आमरण अनशन बसेका हुन् ।

काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा पुस २७ गतेदेखि अनशन थालेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा गोविन्द केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गरेका छन् । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम रहेको छ ।

 


प्रा डा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेकोे यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो । प्रा डा केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उनी निकट सहयोगी धर्म गौतम बताए ।

थापाले काठमाडौंँ उपत्यका बाहिर इलामलगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यो मागले समेत प्रा डा केसीलाई चुनौती दिएको छ । प्रा डा केसी उपत्यका बाहिरसमेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा राखेका छन् । तर इलाममा मेडिकल कलेज खोल्नु पर्ने भ्रम छरेर डा.केसीले इलामबासीलाई झुक्याउने प्रयास गरिरहेकाले विद्यार्थी प्रति जनलहर बढेको स्थानीयको भनाई छ ।

स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष बैशाख १३ गते काठमाडौंँको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको उनले जानकारी दिए ।

इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलूस निस्कन थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर