सुरुङ्गा ।
चम्पापुर युुवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिलासहित ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको सहआयोजना र कनकाई नगरपालिका, वडा समिति कनकाई वार्ड नं. ६, नव चेतना बाल क्लब, पशुपति प्राथमिक विद्यालय बा¥हदशी–७, कनकाई नगर बाल सञ्जाल, चम्पापुर मावि र पारिजात शिक्षा निकेतनको सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ३७ औं पटक रक्तदान गर्दै उद्घाटन गरेका थिए ।
चम्पापुरस्थित गायन्त्री मन्दिर परिसरमा शहीद सप्ताहको अवसरमा आयोजित ‘रगत दिएर मरिन्न, रगत नपाएर मरिन्छ’ भन्ने नाराका साथ रक्तदान कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ६ का कार्यवाहक अध्यक्ष ताराप्रसाद फुयाँल र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका मन्त्री चन्द्रप्रसाद चुडालको विशेष आतिथ्य रहेको थियो ।
विशाल थापा, सुरेश भुजेल, सारिका गिरी, दुर्गाबहादुर कटुवाल लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिका–६ का न्यायिक समिति सदस्य दीर्घबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाका सभापति केशव शर्मा बेडारी, चम्पापुर युवा क्लबका सल्लाहकार संयोजक तुलाराम बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
चम्पापुर युवा क्लबका अध्यक्ष रेवत भट्टराईको सभापतित्व रहेको कार्यक्रममा सदस्य हेमन्त दाहालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव फणिन्द्र गिरीले गरेका थिए ।