Aamsanchar

मन्त्री कार्कीको दौरा सुरुवालको प्रशंसा

Author Image
सोमवार, साउन ३१, २०७३

काठमाडौं,

timthumb

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल नलगाएको भन्दै केहीले आलोचना गर्ने गरेका छन् । आफ्ना अध्यक्ष कोट पाइन्ट र भादगाउँले टोपीमा हिँडेपछि माओवादीबाट मन्त्री बन्ने अरुले पनि यसकै सिको गरे । तर आइतबार सूचना तथा सञ्चारमन्त्रीको शपथ लिँदा माओवादीका सुरेन्द्र (राम) कार्की भने दौरा सुरुवाल, ढाकाको स्टकोट र टोपीमा उपस्थित हुनुभयो ।

माओवादीका अरु नेताले आफूखुसी पोशाकमा मन्त्रीको शपथ लिँदा कार्कीले भने दौरा सुरुवाल लगाएको देखेर धेरैलाई अचम्म लाग्यो । फेसबुक र ट्वीटरमा उहाँलाई बधाई दिनेहरु धेरै छन् ।

सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया 

Surendra Bir Malakar लोकतन्त्रका माननिय मन्त्रीज्यू हरु बधाई र शुभकामना। राष्ट्रिय पोशाक को सम्मान गर्नु भएको मा. सञ्चारमन्त्री राम कार्की लाई बिषेश बधाई –

SaGaR sHaH माओवादीमा पनि नेपाल र नेपालीको इज्योत राख्ने नेता रहेछन सलाम छ राम कार्की जी तपाईंलाई राष्ट्रिय पोशाक मा सपथ लिनु भएको मा……..

Bishnu Subedi  राम कार्की दौरा सुरुवाल र ढाका टोपीमै ढल्किए। नेपालीको मौलिक पहिरन र पहिचानप्रति उनले देखाएको सम्मान प्रशंसनीय छ।

Ramkumari Jhakri आज गज्जव देखिनु भएको थियो राम दाई । टिभिमा तपाईहरूको सपथग्रहण समारोह हेरीरहेकी थिएँ एकदमै मन पर्यो । बधाई त औपचारिकता मात्र हो । आफ्नो ईनर्जीको सहि प्रयोग गर्नुहोला ।

अघोरी उराभ `वशिष्ठ´  राम कार्की पनि दौरासुरुवालमा सपथ लिएछन्!आज दौरासुरुवाल लगाउनै थियो भने हिजो किन दौरा सुरुवाल लगाउनेलाई सामन्त्तीको पोसाक भनी खेदो खोदो खन्या

पोशाकले राष्ट्रिय पहिचान झल्काउने हुँदा यसको सम्मान गर्नुपर्ने मन्त्री कार्कीले प्रतिक्रिया दिनुभएको छ ।  पहिले प्रधानमन्त्री हुँदा पनि प्रचण्डले दौरा सुरुवाल लगाउनुभएको थिएन । माओवादीबाटै प्रधानमन्त्री भएका बाबुराम भट्टराईले पनि प्रचण्डको सिको गर्नुभयो । तर पहिले मन्त्री हुँदा माओवादीका नेता टोपबहादुर रायमाझी दौरा सुरुवालको पक्षमा उभिनुभएको थियो । त्यसो त माओवादीबाट उपराष्ट्रपति बन्नुभएका नन्दबहादुर पुनले पनि दौरा सुरुवाल लगाउने गर्नुहुन्छ । उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर