Aamsanchar

किचकबध मेलाबाट फर्किने क्रममा एक व्यक्ति मृत फेला

Author Image
बुधवार, फागुन ८, २०७५

झापा।

किचकबध मेलाबाट फर्किने क्रममा एक व्यक्तिको नालामा डबुेर मृत्यु भएको छ ।

तराई मुलको अन्दाजी ४० बर्षीय अपरिचित व्यक्ति मंगलबार राती नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जनाएको छ ।

पहिचान नखुलेको उक्त व्यक्तिको शव भद्रपुरमा फेला परेको हो । लेडि साइकलमा सवार ती व्यक्ति किचकबध मेलाबाट फर्किएर भद्रपुरतर्फ आईरहेको हुन सक्ने प्रहरीको आशंका छ ।

भद्रपुर ५ स्थित भन्सार र नयाँ बजार जाने घुमाउरो सडक छेउको नालामा जमेको पानीमा घोप्टो परेर डुबेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनले चलाएको साइकल पनि नालामै थियो ।

‘अत्याधिक मादक पदार्थ सेवन गरेका कारण साइकल आफै अनियन्त्रित भई सडक छेऊका नालामा खसेको हुनु पर्छ, र त्यसपछि उनको मृत्यु भएको होला,’ प्रहरी निरीक्षक श्रेष्ठले भने । यता शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ, भने शवको पहिचानका लागि सबैमा जानकारी गराइएको जनाइएको छ ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर