काठमाडौं ।
स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्। स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।
दाँत मजबुत – ब्रस गर्दा पनि दाँत चम्किलो हुँदैन भने दैनिक स्याउ मजाले चपाएर खादा दाँतमा चमक आउने छ ।
एनिमियाको बिरामीलाई फाईदा – निमिया रोगको कारण शरिरमा रगतको मात्रा कमी भएर आउँछ र हेमोग्लोविनको मात्रा घट्छ । त्यसको लागि स्याउ खानु अति उत्तम हुन्छ । स्याउमा भएको आइरनले रगतको मात्रा बढाउन सहयोग गर्छ । यस्ता रोगीले दैनिक स्याउ सेवन गर्नु अति उत्तम हुन्छ ।
क्यान्सरको खतरा मुक्त – स्याउको नियमित सेवन गर्दा पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । स्याउले मानिसको शरिरमा रोगसंग लड्ने कोशिकामा तागत प्रदान गर्छ ।
कोलेस्ट्रोल कम – स्याउमा पाईने फाइबरले कोलेस्ट्रोलको मात्रा कम गराउँछ । यसका साथै नियमित स्याउ खाने हो भने डायविटिज हुने सम्भावना पनि २८ प्रतिशतले कमी भएर आउने छ । स्याउको सेवनले शरिरमा ग्लुकोजको मात्रा कमी हुन दिँदैन र इन्सुलिन लिनुपर्ने आवस्यकता पर्दैन ।
तौल सन्तुलित – शरिरको तौल हरदम फिट राख्न चाहनुहुन्छ भने नियमित स्याउ सेवन गर्नुहोस् । स्याउ नियमित सेवन गर्दा तपाईको पाचन प्रणालीलाई सही राख्छ । यसका साथै शरिरको इम्युनो सिस्टमलाई पनि राम्रो राख्छ ।
पत्थरी कव्जीयतबाट बचाउँछ – नियमित स्याउ खानाले पत्थरी हुन सक्दैन । त्यसैगरी नियमित स्याउको सेवनले कब्जीयतको समस्या पनि आउँदैन ।
सुन्दर बनाउँछ – नियमित स्याउ सेवनले अनुहारमा भएका कालो धव्वाह पनि हराएर जान्छ र अनुहार सुन्दर देखिन्छ ।