Aamsanchar

भान्सामा समेत कालोबजारी

Author Image
बुधवार, भदौ १, २०७३

नरेन्द्र ढकाल,
झापा ।

Capture

सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिए पनि प्रभावकारी बजार अनुगमन हुन नसक्दा सबै क्षेत्रमा कालोबजारी मौलाएको सर्वसाधारणले गुनासो गरेका छन ।

झापामा यो वर्ष धेरै पटक अनुगमन गरेको बताउने प्रशासनले कहाँ–कहाँ के के सुधार गर्न सफल भयो भन्ने कुरा बताउन नसक्दा झाराटार्ने अनुगमन मात्र हुने गरेको पुष्टि भएको छ ।
आमसञ्चार आइनलाइनसंगको टेलिफोन सम्र्पकमा झापाका सहकायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले यो वर्ष धेरै ठाँउमा अनुगमन गरेको जानकारी दिए । उनले कुन–कुन क्षेत्र भन्दा पनि गुनासो आउना साथ अनुगमन गर्ने गरेको बताए । झापाको दक्षिण गाविस पृथ्वीनगरदेखि केचना लगायत ग्रामिण क्षेत्रमा ग्यासको कालोबजारी खुलेआम भइरहेको बिषयमा सञ्चारमाध्यमले समाचार प्रकाशन तथा प्रशारण गरेपनि अहिले सम्म कति पटक अनुगमन गर्नुभयो भन्ने जिज्ञासामा उनले उक्त विषयमा बुझने काम भइरहेकाले छिट्टै अनुगमन गरेर कारबार्ही गर्ने बताएका छन् ।

१३५५ रुपैया पर्ने ग्यास सिलिण्डर १५ सयमा किन्न बाध्य त्यहाका जनताले अझै राहतको महशुस गर्न नसकेको जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले घरेलु तथा साना उद्योग कार्यालय संगको समन्व्य गरेर अनुगमनलाई तिब्रता दिने जानकारी दिएका छन् ।
अत्यावश्यक सामग्रीको रुपमा रहेको खाना पकाउने ग्यासमा समेत खुलेआम रुपमा ठगी भइरहदाँ समेत प्रशासनले कारबार्ही नगर्दा आफुहरु अझै समस्यामा पर्ने गरेको स्थानीयले बताएका छन् । चाडपर्वको समयमा बजार अनुगमन गरे झै गर्ने प्रशासनले अरु बेला भने जनताको पिर मर्का नबुझेको स्थानीयको भनाई छ । तर सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले भने आफुहरुले अनुगमन गरिरहेको जिकिर गरेका छन् ।
भान्सामा समेत कालोबजारी हुदाँ समेत प्रशासनले अनुगमन नगर्न सक्नु दुख्द पर्छ भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । अनुगमन गर्ने तर कारबार्ही नगर्ने प्रवृत्ति मौलाएका कारण कालो बजारी गर्नेहरुले प्रशासनलाई समेत नटर्ने गरेको धेरैको बुझाई रहेको छ । हाल पूर्वी नाका कांकरभिट्टाबाट ग्यासको आपूर्ती सहज रुपमा भइरहेको मेची भन्सार कार्यालयले जनाएको छ । आपूर्ती सहज हुदाँ समेत ब्यपारीहरुले ग्रामिण क्षेत्रका सर्वसाधारणलाई ठगी गर्न नछाडेको स्थानीय बताउँछन् ।
सरकारले निर्धारण गनेको मूल्यभन्दा बढी मूल्य लिन नपाइने नियम भएपनि उक्त नियमको धज्जी उडाउदाँ समेत प्रशासनले भने हाल सम्म कसैलाई कारबार्ही गर्न नसक्नु प्रशासनको निरीहता प्रस्ट झल्कने सामाजिक क्षेत्रका अगुवाहरुको भनाईको छ । अनुगमन समितिका अध्यक्ष समेत रहेका निरौलाले बजार अनुगमनलाई प्रभावकारी नबनाउदाँ सबै क्षेत्रमा जनता ठगीने क्रम बढेको उपभोक्ताले आरोप लगाएका छन् ।
पछिल्लो इन्धन लगायतको मूल्य घटेपनि ब्यपारीहरुलाई सामानको मूल्य भने नघटाएको उपभोक्ताको भनाई छ । हरेक क्षेत्रमा कालो बजारी मौलाउदाँ समेत कसैलाई कारबार्ही हुन नसक्नु दुख्द भएको विर्तामोडका इश्वर खनालले बताए । उनले प्रशासनले अस्पताल र क्लिनिकहरुमा अनुगमन गरेर सर्वसाधारण गठीनबाट केही जोगाए पनि दैनिक उपभोगीय वस्तुहरु आयत तथा निर्यात हुने जनतासंग बिहानबेलुका प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रशासनले चासो नदिदाँ कालो बजारीले प्रश्रय पाएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर