Aamsanchar

मेक्सीको सीमामा पर्खाल लगाउन पेन्टागनले दियो एक अर्ब डलर

Author Image
मङ्गलवार, चैत १२, २०७५

 अमेरिकाको रक्षा केन्द्र पेन्टागनले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर दिने प्रस्ताव स्वीकृत गरेको छ।

पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहनले अमेरिकाको रक्षा विभागले अमेरिका र मेक्सिको सीमामा ९२ किलोमिटरसम्म १८ फिट अग्लो पर्खाल बनाउन, सडक निर्माण, मर्मतसम्भार गर्न र सीमामा लाइटिंग सिस्टम राख्न  उक्त रकम दिने निर्णग गरेको बताए।

  शनाहनका अनुसार अमेरिकी सेनाका इन्जिनियरका कमान्डरलाई एक अरब डलरको रकम सम्बन्धित विभागलाई दिन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले उल्लेख गरेको छ।  उनले संघीय कानुनअनुसार नै यो सहयोग गरेको भन्दै पेन्टागनको निर्णयको बचाउ गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१