Aamsanchar

नेवा: पुच: युएईले मनायो विश्व नेवा: दिवस

Author Image
सोमवार, चैत १८, २०७५

विश्व भरि छरिएर रहेका नेवार समुदाय लाई एक सुत्रमा बाँधी नेवा: कला, संस्कृति र साहित्य को सम्मान र यसको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले नेवार समुदायको छाता संस्था नेवा: पुच: युएई ले विश्व नेवा: दिवस शुक्रवारका दिन भव्यताका साथ सम्पन्न गरेको छ ।

विश्व नेवा: संगठनले हरेक वर्ष मार्चको अन्तिम शनिवार विश्व नेवा: दिवस मनाउन आव्हान गरे अनुरुप विश्वभरी मनाउने गरिए पनि युएईमा भने साप्ताहिक बिदाको दिन पारी दोश्रो पटक शुक्रवार उक्त दिवस मनाएको हो ।

नेवा: पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै पुच:का संरक्षक तथा भुतपुर्व अध्यक्ष प्रमोद श्रेष्ठले नेवा: दिवसको महत्त्व र उपादेयता बारे प्रकाश पार्नुभएको थियोे। यसैगरी अर्का वक्ता पुच: का केन्द्रीय उपाध्यक्ष राजेश प्रधानले विश्वभर छरिएर रहेका सबै नेवारहरु एकजुट भएर नेवार ऐक्यबद्धता जनाउन सबैलाई आग्रह गर्नु भयो ।

नेवा: पुच: युएइको WNO को मध्यपूर्व च्याप्टर तथा WNO केन्द्र सँगको सम्बन्ध बिस्तार एवं भावी दिनमा नेवार पहिचान उत्थानको लागी पुच:को भूमिका बारेमा छलफल हुनुका साथै समन्वय गर्ने जिम्मेवारी पुच: का सल्लाहकार बिरेन्द्र कुमार नकर्मीलाई नेवा: पुच: युएईको तर्फबाट सर्वसम्मत चयन गरिएको पुच:का महासचिब कुमार बलामीले जानकारी दिनुभयो ।

नेपालमा आगामि बैशाख ५ गते बाट संचालन हुन गैरहेको आठौं राष्ट्रिय खेलकुदमा एनआरएनए युएई को तर्फबाट सहभागी हुन जान लाग्नु भएका खेलाडी तथा अफिसियल मध्ये ४ जना नेवार समुदायका अफिसियल तथा खेलाडीहरु पुच: का केन्द्रीय सदस्य एवं खेलकुद संयोजक रबी शाही, केन्द्रीय सदस्य एवं खेलकुद उपसंयोजक हिरालाल श्रेष्ठ, नविन श्रेष्ठ र लोक बहादुर श्रेष्ठलाई वहाँहरुको खेल यात्रामा हौसला प्रदान गर्न खेलकुदका भौतिक साधनहरु जुटाउनको लागी नेवा: पुच: युएई ले सहयोग गर्ने जनाएको छ।

पुच:का सल्लाहकार तथा एनआरएनए युएईका शारजाह क्षेत्रीय अध्यक्ष श्री विरेन्द्र कुमार नकर्मीज्युको निवासमा सम्पन्न भएको कार्यक्रममा पुच:का केन्द्रिय सदस्यहरु तथा यस कार्यक्रमका संयोजक केन्द्रीय सदस्य एवं अबुधाबी क्षेत्रीय अध्यक्ष सुनिल मान श्रेष्ठ लगायत अन्य क्षेत्रीय सदस्यहरु, केन्द्रिय सदस्य-सल्लाहकारहरु साथै मिसा:पुच:को पनि सहभागिता रहेको थियो। कार्यक्रमको अन्तमा नेवार भोजको साथै रमाइलो नाँच गान गरि मनाइएको विश्व नेवा: दिवस को कार्यक्रम महासचिव कुमार बलामिले संचालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१