विष्णुप्रसाद पोखरेल
दमक, 
नेपालको पुर्वी नाँका मेचीनगरको काकडभिट्टामा भारतले सिलगुढी र बागडुग्राको दुरी सहितको पीलर गाडेपछि युवा संघ झापाले यसलाइ तोडिदिने चेतावनी दिएको छ ।
नेपालतर्फ भारतीय कोड सहित पक्की पीलर गाडिएको पाईएको छ । नेपालथ्तर्फ पुलवारी पीलर गाडिदा समेत छेउ मै रहेको प्रहरी मुकदर्शक बनेको स्थानीयहरुले बताएकाछन् ।

युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाइ २ बजेसम्मको समय दिइएको र त्यसलाइ नफोरे आफुहरु फोरिदिने बताए ।

यो सरासर भारतीय ज्यादती र हेपाइ हो, यो सहने कुरा आउदैन, भण्डारीले भने । उनले आफुहरु गएर अहिले पनि फोर्न सक्ने जनाउदै केहि समय प्रशासनलाइ कुर्ने उल्लेख गरे ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भारतले यसरी नेपालतर्फ पीलर गाड्न नपाउने बताए । आफुलाइ यस बिषयमा जानकारी नभएकाले बुझ्नका लागि लगाइएको पनि जनाए । उनले प्रशासन यस बिषयमा गम्भिर भएको जनाउदै बुझेर तत्कालै त्यसलाइ हटाउन प्रयत्न गरिने समेत उनको भनाइ रहेको छ ।-सवाल नेपालबाट


