Aamsanchar

झापामा यस्तो पनि ठाँउ ? विवाह, सम्वन्ध विच्छेद र मृत्युको घोषणा एकै ठाउँमा

Author Image
शनिवार, चैत २३, २०७५

झापा।

विवाह र सम्वन्ध विच्छेद एकै ठाउँमा हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, झापामा यस्तो ठाउँ छ जहाँ विवाह र सम्वन्ध विच्छेद र मृत्युको घोषणा एकै ठाउँमा हुने गरेको छ । सम्वन्ध विच्छेद अदातलमा हुने भएपनि विवाह भन्ने वित्तिकै घर, मठ मन्दिर या पार्टी प्यालेस जस्ता ठाउँ हामीले सम्झने गरेका छौं । तर,पछिल्लो समय अदालतमा पनि विवाह हुन थालेका छ । देवानी संहिता २०७४ जारी भएपछि जिल्ला अदालत झापामा हालसम्म एक सय ३५ वटा विवाह सम्पन्न भइसकेका छन् ।

देवानी संहिता गत भदौ १ गतेबाट कार्यानवयनमा आएको हो । नयाँ कानून कार्यान्वयनमा आएसंगै पुस महिनामा सबैभन्दा धेरै विवाह गरेका छन् । जिल्ला अदालत झापाका श्रेष्तेदार दुर्गाप्रसाद खनालका अनुसार पुसमा २९ जोडीले लगनगाठो कसेका छन् । उनका अनुसार विवाह गर्नेमा विदेशी नागरिकसंग धेरै नेपालीले विवाह गरेका छन् । नेपाली नेपालीमा विवाह कम भएपनि विदेशी मोहका कारण विदेशीसंग नेपालीले धेरै विवाह गरेको श्रेष्तेदार खनालले बताए ।

देवानी संहिता जारी भएपछि अमेरिकन नागरिकसंग मेचीनगर १२ की एक २२ वर्षीया युवतीले भदौमा अदालतमा पहिलो विवाह गरेको नायव सुब्बा हेमराज लम्सालले बताए । लम्सालका अनुसार यो संगै भदौ महिनामा ९ जनाले विवाह गरेका छन् । त्यस्तै असोजमा ११, कात्तिक मा १७ , मंसीरमा २४ , माघमा ११ , फागुनमा २२ , र चैतमा १२ जोडीले विवाह गरिसकेको लम्सालले जानकारी दिए ।

यता विवाह भन्दा अदालतमा सम्वन्ध विच्छेदका लागि धेरै निवेदज दर्ता हुने गरेको बताइएको छ । चालू आर्थिक वर्षको चैतको तेस्रो सातासम्ममा सम्वन्ध विच्छेदका लागि ५ सय ७० वटा निवेदन दर्ता भएका छन् । जसमध्ये २ सय ८८ वटा मुद्धाको फैसला भएको छ ।

देवानी संहिता जारी भएपछि पुरुषले पनि विच्छेद गर्न पाउने भएपछि पुरुषले पनि सम्वन्ध विच्छेदका लागि निवेदन दर्ता गर्न सुरु गरेको अदालतका श्रेष्तेदार खनालले बताए । उनले भने – चालू आर्थिक वर्षको चैत तेस्रो सातासम्ममा सम्वन्ध विच्छेदका लागि २ सय ३४ पुरुषले मुद्धा हालेका छन् । महिलाले भने यो समयमा ३ सय ३६ निवेदन दर्ता गराएको अदालतको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विवाह , सम्वन्ध विच्छेद मात्र नभएर अदालतले मृत्युको घोषणा पनि गर्ने गरेको छ । भदौ यता अदालतले १२ जनाको मृत्युको घोषणा गरेको छ । माघ महिनामा सबैभन्दा धेरैको अदालतले मृत्युको घोषणा गरेको छ । माघमा ५ जनाको मृत्युको न्यायिक घोषणा गरिएको श्रेष्तेदार खनालले बताए । उनका अनुसार कात्तिकमा २ ,मंसीरमा २ , पुसमा १, फागुनमा २ जानको मृत्युको न्यायिक घोषणा गरिएको छ ।

देवानी संहिता २०७४ को दफा ४० मा व्यवस्था भएअनुसार मृत्युको न्यायिक घोषणा गरिदै आएको श्रेष्तेदार खनालले बताए । उनका अनुसार जुनसुकै व्यक्ति वेपत्ता भएको १२ वर्षपछि, ८० वर्ष माथिको मानिस ५ वर्षदेखि वेपत्ता भएमा, युद्धमा खटिएको शैनिालाई भने युद्ध समाप्त भएको चार वर्षसम्म वेपत्ता भएमा मृत्यसको न्यायिक घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । त्यस्तै कुनैपनि दुर्घटनामा परेर वेपत्ता भएको अवस्थामा तीन वर्षमै दुर्घटनाको मितिले मृत्युको न्यायिक घोषणा गर्ने गरिएको खनालले बताए ।

मृत्युको घोषणाका लागि सर्जिवन मुचुल्का, परिचय खुल्ने गरिको प्रमााणपत्रको प्रतिलिपि, स्थानीय सरकाको सिफारिस, नाताको प्रमाण, फोटो र नागरिकता अनिवार्य रहेको श्रेष्तेदार खनालले बताए ।

Views: 426

प्रतिक्रिया (०)

सम्बन्धित खबर