दिपेन लावती/ शान्तिनगर ।
झापा हल्दिवारी–४ जलथल (अधिकारी चोक) का स्थानीय कुमार दङ्गालका १२ बर्षिय छोरा सुगम दङ्गाल ब्लड क्यान्सरवाट पीडित भएका छन् । उनी चार महिना अघिबाट उत्त रोगबाट पीडित बनी जिवन र मृत्युसंग संघर्ष गरिरहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर र उपचारमा बढी खर्च लाग्ने अस्पतालले जनाएपछि थप उपचारमा समस्या उत्पन्न भएको हो ।
सामान्य नाक र घाँटीमा मासुको डल्लो देखा परेपछि कुमारले छोरालाई ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा डाक्टर नीरज रौनियारलाई देखाएका थिए । छोरालाई ठूलो समस्या छैन, भन्दै डाक्टर रौनियारले औषधि लेखिदिए उनले–भने । तर, नानी घर ल्याएको केही दिनमा थप विरामले च्यापेपछि मेची अञ्चल अस्पताल भद्रपुर पु¥याए ।
त्यहाँ वालरोग विशेषज्ञ डा.दीपकराज पौड्यालले छोराको ब्लडमा समस्या रहेको संकेत गरे । डा.पौड्यालकै सल्लाहा बमोजिम काठमाण्डौस्थित बालकान्ति अस्पताल पु¥याएपछि त्यहाँ ५२ प्रतिशत ब्लड क्यानसर रहेको पुष्टि भएपछि उनी छोराको उपचार कसरी गर्ने भन्ने अन्योलमा परे ।
तर, जसोतसो ऋणपान गरेर उनले छोरोको उपचार शुरु गरे । यस किसिमको ब्लड क्यान्सर ६० प्रतिशत निको पार्न सकिने चिकित्सकहरुवाट सल्लाहा पाएका कुमारले छोरा बचाउन आर्थिक सहयोगको अपिल गरेका छन् । हालसम्म करिव ८ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए ।
‘आफूसंग पैसा छैन, सवै ऋण लिएर छोराको उपचारमा गरिरहेको छु’ –उनले भने । सामान्य परिवारमा जन्मिएका सुगमको उपचारमा कुनै कमजोरी नरहेको बुबा कुमारले बताए । सुगमलाई अस्पतालको निगरानीमा रहने गरी अस्पतालले डिस्चार्ज गरेको छ । उनको हप्तामा दुई पटक किमोथेरापी गर्नुपर्छ ।
सुगमको उपचारका लागि रहम अभाव नहोस् भनेर आर्थिक सङ्कलनको काम पनि शुरु गरिएको काठमाडौंबाट विजय उप्रेतिले जनाए । उनको जीवन बचाँइदिन देश–विदेशमा रहेका नेपाली दाजुभाई दिदि बहिनीमा अपिल समेत गरिएको छ । हल्दिवारी गाउँपालिका–४ जलथलमा कक्षा–६ मा अध्ययनर्त सुगम विद्यालयको जेहेन्दार र मेहनती विद्यार्थी रहेको विद्यालय स्रोतले जानकारी दिएको छ ।