Aamsanchar

आउदो वर्षदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

Author Image
सोमवार, वैशाख २, २०७६

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् ।

अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने । वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताए । उनले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताए । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अव ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई निःशुल्क स्वास्थ्य बीमा हुने बताए ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर