Aamsanchar

विप्लवद्धारा नेपाल बन्दको आह्वान

Author Image
बुधवार, वैशाख ४, २०७६

झापा ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले आह्वान गरेको वैशाख ५ गतेको नेपाल बन्द सफल बनाउन अपिल गरेको छ ।

नेकपा झापाका ईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहले बिज्ञप्ती निकालेर पार्टीले आह्वान गरेको बन्द सफल बनाउन सहयोग गर्न अपिल गरेका छन् । सरकारले पार्टीमाथि लगाएको प्रतिवन्ध तथा नेता कार्यकर्ताको गिरफ्तारीबिरूद्ध महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहित संघर्षका कार्यक्रम घोषणा गरेका थिए।

झापा जिल्लाले जारी गरेको विज्ञप्तिमा भनिएको छ यतिबेला यो कतिथ कम्युनिष्ट नामधारी केपी र बादल सरकारले जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टिमाथी प्रतिबन्ध लगाएको छ । यसको चौतर्फी आम नागरिकहरुले विभिन्न माध्यमबाट बिरोध गरिरहेका छन । रास्ट्र र जनताको पक्षमा इमान्दारिता पुर्वक लागेको हाम्रो पार्टिलाइ दलालहरुका यस्ता प्रतिबन्धले कुनै प्रभाव पार्ने छैन ।

नेकपा प्रतिबन्ध र दमनको शसक्त प्रतिरोध गर्न तयार रहेको भन्दै नेकपा झापाले पार्टी केन्द्रले घोषणा गरेको बन्द सफल पार्न अपिल गरेको हो । साथै नेकपाले बैशाख ६ गतेबाट प्रधानमन्त्री केपी ओलीका गतिबिधी माथी प्रतिबन्ध लगाउने कार्यक्रम पनि यस अघि नै घोषणा गरिसकेको छ ।

बिज्ञप्तीमा भनिएको छ, नागरिक सर्बोच्चता माथीको कथित सरकारी हस्तक्षपलार्इ आफ्नो अधिकार माथिको हस्तक्षेप ठानी संघर्सको कार्यक्रममा सहभागी हुन हामी अनुरोध गर्दछौं । यो देशमा दलालहरुको सत्ता बिरुद्ध विस्फोट हुने दिन आएको छ, आम जनसमुदायले यस मर्मलाई बुझ्दै तयार बनौं, आन्दोलनमा सहभागी बनौं ।

माओवादीले यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना लगायत सबै क्षेत्र बन्द गरेर सहयोग गरिदिन आग्रह समेत गरेको छ । बन्दको उल्लघन गर्नेहरुको विवरण संकलन गरेर जनकारबार्ही गर्ने विप्लव माओवादीले चेतावनी समेत दिएको छ ।

Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर