Aamsanchar

प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाको नाम सर्वसम्मत

Author Image
बुधवार, वैशाख ४, २०७६

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

उजुरीकर्ता र थपलियासँग छलफल गरेपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेको थियो ।

समितिमा बुधबार भएको सुनुवाइमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित थपलियाले निर्वाचन आयोग सुधारका लागि आफ्नो कार्ययोजना पेश गरेका थिए  ।

सुनुवाइका क्रममा उनले तीन महिनाभित्र उपनिर्वाचन गर्ने, आयोगको पुनः संरचना, कानुनी पुनरावलोकन र सूचनापद्धतिको विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

थपलियाले आफ्नो कार्यकालमा स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन गर्ने आधारहरु तयार पार्दै एक विश्वसनीय आयोगको रुपमा खडा गर्ने प्रतिबद्धता जनाए ।

थपलियाविरुद्ध सुनुवाइ समितिमा ६ वटा उजुरी परेका थिए । तीमध्ये चारवटा उजुरीमा कर्मचारी समायोजनमा मनपरी गरेको आरोप लागेको थियो ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर