Aamsanchar

विप्लव समूहबाट नाम हटाइदिने अनुराेध गर्दै प्रहरी कार्यालयमा निवेदन

Author Image
शनिवार, वैशाख १४, २०७६

बझाङ,

नेत्र विक्रम चन्द नेतृत्वकाे नेकपा विप्लव समूहमा आबद्ध भएका केही व्यक्तिहरु आफ्नो नाम हटाइमाग्न जिल्ला प्रहरी कार्यालय पुग्ने गरेका छन् ।

शुक्रबार मात्रै केदार स्यँ गाँउपालिका वडा नम्बर-१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक नैन बहादुर साउदले जानकारी दिनुभयो ।

यस्तै दुर्गाथली गाँउपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले पनि आफू नेकपा विप्लव समूहमा नरहेको र आगामी दिनमा समेत नरहने प्रतिबद्धता पत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका छन् ।

शुक्रबार उनीहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेपछि उनीहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा नै पुगेर तीन जनाले विप्लव समूहबाट आफ्नो नाम हटाई माग्न निवेदन दिएको साउदले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लामा रहेका विप्लव समूहमा आबद्ध हुनेहरुमाथि निगरानी बढाएको छ । जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउनका लागि व्यापकरुपमा प्रहरी परिचालन गरिएको डीएसपी सूर्य बहादुर केसीले बताउनुभयो ।

Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर