Aamsanchar

नेकपा र फोरम बीच एकीकरण हुदैँ

Author Image
मङ्गलवार, वैशाख १७, २०७६

काठमाडौं ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण हुने भएको छ ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गर्नु भएका अमर यादव नेकपासँग एकिकरण गर्न लाग्नु भएको हो । प्रचण्ड निवासमा आज एक कार्यक्रम गरि एकिकरणको घोषणा हुन लागेको बताइएको छ ।

‌‌क्षेत्रीय राजनीतिबाट देशको समस्या समाधान नहुने भएकाले हामी नेकपासँग एकीकरण गर्न लागेको हो, उहाँले भन्नुभयो, मधेशमा समस्या छ तर त्यसको समाधान राष्ट्रिय राजनीतिकबाट सम्भव छ ।

मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल (पार्टी) हरु बन्द हुने दावी गर्नु भयो ।

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर