Aamsanchar

सेनाद्धारा बम डिस्पोज

Author Image
आइतवार, वैशाख २९, २०७६

झापा, वैशाख २९ ।

झापाको कनकाई नदीको पुलमा भेटिएको प्रेसर कुकर बम सेनाको टोलीले निष्किृय पारेको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गतको सो पुलमा स्थानीय एक व्यक्तिले बिहान ‘मर्निङ वाक’ जाँदा सो शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजित बुढाथोकीको नेतृत्वमा चारआली ब्यारेकबाट गएको नेपाली सेनाकोे बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बमका कारण ठप्प भएको पूर्वपश्चिम राजमार्गको सवारी आवतजावत पनि खुलेको छ ।

सुरक्षाका कारण पुलमा सवारीसाधान तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइदा सर्वसाधारण लगायत बिरामी तथा परिक्षा दिन हिँडेका विद्यार्थीहरुलाई समस्या भएको थियो ।

बम राखिएको स्थलमा सुगौली सन्धि मार्फत नेपालले गुमाएको भुमि फिर्ता हुनु पर्ने, २०४६ साल देखि अहिले सम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज गर्नु पर्ने लगायतका मागहरु लेखिएको गोर्खा नेपाल जनमुक्ति सेनाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

Views: 149

प्रतिक्रिया (०)