Aamsanchar

खरबुजा खानुका यस्ता छन् फाइदा

Author Image
बुधवार, जेठ १, २०७६

एजेन्सी –गर्मिमा शररीरलाई फ्रेस राख्‍न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम लागेसगैँ बजारमा खरभुजा छ्याछ्याप पाउन थालिसकेको छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसमा पनि यो मौसममा खरबुजा खानुको मज्जै बेग्लै हुन्छ ।तपाई हामीलाई पनि बहिर गर्मिमा अरु खाना भन्दा खरभुजा नै खान मन पर्छ । गर्मीमा खरभुजा शरीरको लागि धेरै फाइदाकारी मानिन्छ । यसले शरीरमा पानीको मात्रा पूर्ति गर्नुका साथै छालामा चमक ल्‍याउछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरभुजा खानु उत्तम हुन्छ।
९० प्रतिशत पानीले भरपुर खरबुजा गर्मीमा तिर्खा मात्र मेटाउँदैन, बरु यो स्वास्थ्यका लागि पनि कमालको फल हो ।
जान्नुहोस् गर्मीमा खरभुजा खानुका फाइदा

१- खरभुजाले शरीरका अनेक प्रकारका क्‍यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्‍यान्सर, ब्रेस्ट क्‍यान्सर लगायत पेटको क्‍यान्सरका लागि फाइदाजनक हुन्छ ।

२- यसमा क्‍यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।

३- खरभुजा खानाले शरीरिक फाइदा पुर्‍याउनुका साथै छालामा चमक ल्‍याउँछ । खरभुजा अनुहारमा लगाउनाले चमक आउँछ।

४- खरभुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।

५-खरभुजामा बेटा क्यारोटीनले भरिपूर्ण हुन्छ जसले शरीरमा ‘भिटामिन ए’को कमी पूरा गर्छ । ‘भिटामिन ए’ले आँखाको ज्‍योती बढाउनुका साथै आँखामा आउने धेरै प्रकारका इन्फेक्सनबाट बचाउँछ।

यसै कारणले गर्मिमा कोल्ड ड्रिङक्स पिउनु भन्दा नियमित रुपमा खरभुजा खानु स्वास्थ्यको लागि फाइदा जनक हुन्छ।

Views: 811

प्रतिक्रिया (०)

सम्बन्धित खबर