बिर्तामोड।
झापाको बिर्तामोडका पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
बिर्तामोडको बीएन्डसी टिचिङ एन्ड क्यान्सर हस्पिटल निर्माणको अन्तिर चरण पुगेसंगै दुई जना प्रोफेसर डाक्टर झापा आएका छन् । ४ महिना भित्रै क्यान्सर अस्पताल सञ्चालनमा आउने र दुवै प्रोफेसरले सेवा दिने जानकारी सहित विएण्डसी अस्पतालमा वुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । क्यान्सर अस्पतालका लागि गाइनोअंकोलोजिस्ट प्रा. डाक्टर गेहनाथ बराल र प्याथोलोजिस्ट प्रो. डाक्टर रीतु बराललाई अस्पतालले नियुक्त समेत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बीएन्डसीका निर्देशक निराजन पराजुलीले प्रोफेसरद्वयको आगमनले पूर्वाञ्चल क्यान्सर हस्पिटलले पूर्णता पाएको बताए । त्रिभुवन युनिभर्सिटीमा एमबीबीएस र एमडी गरेका प्रो.डा. बरालले महिलाको क्यान्सरसम्बन्धी फेलोसिप कोरिया र क्लिनिकल रिसर्च क्यानडामा गरेको बताए ।
उनी महिलाको क्यान्सरसम्बन्धी शल्यक्रिया गर्न अब्बल मानिन्छन् ।
बिएन्डसीमा आउनुको कारण खोल्दै उनले भने, ‘सबै पूर्वाधार र सेवासुविधा भएकाले पनि काम गर्न इच्छुक भएको हु बरालले बीएन्डसीमा क्यान्सरको उपचार हुनसक्ने सम्भावना देखेर आएको बताउ“दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई पनि धन्यवाद दिए । उनले भने, ‘रेडियो सर्जरी सेवा बीएन्डसीमा नेपालकै पहिलो हो ।
मेची अञ्चलले पहिलोपल्ट प्रोफेसर डाक्टर पाएको भन्दै हस्पिटलका कार्यकारी निर्देशक प्रसाईंले खुसी व्यक्त गरे । डाक्टर पढाउने डाक्टरले बिएन्डसीमा अब उपचार गर्छन, उनले भने, अब बीएन्डसीको उपचार पहिलेभन्दा स्तरीय हुनेछ । बिएन्डसीका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार पूर्वाञ्चल क्यान्सर हस्पिटल करिब चार महिनाभित्रका सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।