Aamsanchar

उखुको जुसका फाईदाहरु

Author Image
शुक्रवार, जेठ १०, २०७६

एजेन्सी,

उखुको जुसमा प्रचुर मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, पोटासियम, क्यालोरी,सोडियम,क्याल्सियम जस्ता पोषण तत्व पाइन्छन् ।

त्यसो भए गर्मि महिनामा उखुको जुसले मानिसको शरीरलाई के–के कुरामा फाइदा पु¥याउँछ त ?

उखुको जुस पिउनाले पिसाव थैली तथा किड्नीमा पत्थरीया भएका विरामीलाई फाइदा गर्छ ।

अर्को कुरा तपाईँको कलेजो विग्रिएको छ वा जण्डिस् लागेको छ भने उखुको जुस लाभदायक हुन्छ । गर्मि महिनामा शरीरको शक्ति घटेका मानिसका लागि र शरीरमा भएको सुख्खा, थकानको लागि उखुको जुस आवश्यक हुने गरेको छ ।

मुटुको समस्याबाट ग्रसीत रोगीहरुलाई उखु खाँदा केही फरक नपर्ने बरु रक्तकोषिका तथा धमनीहरु संचालनमा फाइदा पुग्ने विज्ञहरुको भनाई छ ।

मानिसको शरीरमा हुने अमिलोपन र पेट दुखाई छ भने पनि उखु पिउनु सकारात्मक मानिन्छ ।

दाँतका विरामी र सास गनाउने मानिसलाई उखुको जुस लाभदायक लिइन्छ ।

उखुको जुस निरन्तर पिउने बानीले तपाईँको बुढोपनलाई हटाउँदै लान्छ । यसमा भएको एन्टीअक्सिडेण्टले छालाका कोशिकालाई सधैं तेजिलो बनाउँछ ।

उखुको जुस दिनहँु पिउँदै व्यायाम गर्नाले तौल घट्ने सम्भावना बढेर जान्छ ।

शरीरको टक्सीन हटाई प्रतिरक्षा प्रणाली बढाउन उखुको जुस उपयोगी पेय मानिन्छ ।

ट्राइपटोफ्यान र म्याग्नेशियम जस्ता भिटामिनले शरीरमा हुने तनाव, चिन्ता हटाउन यसबाट निकै फाईदा हुने बताईएको छ ।

उखुको जुस नियमित सेवन गर्ने व्यक्तिलाई पाचन सम्बन्धी समस्या नआउने स्वथ्य विज्ञहरुको भनाई छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर