Aamsanchar

राजनीतीमा युवाको नेतृत्व, नेकपा कनकाईको इञ्चार्जमा प्रसाई

Author Image
आइतवार, जेठ १२, २०७६

सुरुङ्गा, जेठ १२ । नेपाल कम्युनिष्ट पार्टी कनकाई नगर कमिटीको इञ्चार्जमा गोपाल प्रसाई चयन भएका छन् ।
विद्यार्थी अवस्थादेखि नै वाम राजनीतिमा आबद्ध रहेका प्रसाईं जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) समर्थित अनेरास्ववियू (क्रान्तिकारी) का झापा अध्यक्ष थिए । उनले केही वर्ष भूमिगत जीवन र जेल जीवन पनि बिताएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य प्रसाई झापाका लोकप्रिय युवा नेता मानिन्छन् ।

त्यसै गरी, कनकाई नगर सहइञ्चार्जमा पूर्व संविधानसभा सदस्य र हाल जिल्ला सदस्य समेत रहेकी नेतृ अम्बिका खवास (राजवंशी) चयन भएकी छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सदस्य तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपाका जिल्ला अध्यक्ष, सचिव तथा झापाका सबै १५ पालिकाका इन्चार्ज सहइन्चार्ज, क्षेत्रीय ईन्चार्ज र सहइन्चार्जहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर