Aamsanchar

किन ट्रोलको शिकार भइन् वर्षा ?

Author Image
बुधवार, जेठ २२, २०७६

अहिले अभिनेत्री वर्षा राउतको पहिरनले सामाजिक सञ्जाल गर्माएको छ । अष्ट्रेलियामा आफ्नो फिल्म ‘जात्रै जात्रा’को प्रदर्शनका लागि पुगेकी वर्षाले त्यहाँको केही तस्विरहरु सार्वजनिक गरिन् । उक्त तस्वीरमा वर्षा केही हदसम्म खुलेकी छिन् ।
सामान्य रुपमा हेर्ने हो भने यस तस्विरमा केही अचम्मको कुरा छैन् । तर, अहिले वर्षालाई यो तस्विरले निकै विवादित बनाइरहेको छ । उनी ट्रोलको शिकार भएकी छिन् । वर्षालाई धेरै खुलेको भन्दै विभिन्न ट्रोलहरु आइरहेका छन् ।

के ट्रोल गर्नुपर्ने छ त वर्षाको पहिरन ?
पक्कै छैन् । किनभने यस्तो प्रकारको पहिरन धेरैले लगाउछन् । अन्य नायिकाहरुले पनि यो किसिमको पहिरन लगाउने गर्छन् । तर, उनीहरुमाथि कहिल्यै ट्रोल गरिएको छैन् । त्यहीँ अष्ट्रेलियामा पुगेर केही समय अगाडि नायिका स्वस्तिमा खड्काले समुन्द्री किनारमा खिचेको बोल्ड–बोल्ड तस्वीरहरु सार्वजनिक गरिन् । त्यसलाई सबैले सामान्य रुपमा लिए ।
नायिका प्रियंका कार्कीको विकिनी तस्वीरलाई पनि अरुले वास्ता गर्दैनन् । प्रियंका मात्र हैन्, अधिकांश नायिकाको विकिनी तस्वीरमा खासै कसैको चासो हुदैँन् ।

किन ट्रोलको शिकार भइन् वर्षा ?
वर्षाले आजसम्म यतिसम्म खुलेको तस्वीर सार्वजनिक गरेकी थिइनन् । म्युजिक भिडियो वा फिल्ममा पनि उनको यतिसम्म खुलेको अवतार देखाइएको छैन् । सम्भवतः उनी पहिलोपटक नै यति धेरै खुलेकी हुन् ।
पहिलोपटक वर्षालाई यति खुलेको देखेपछि ट्रोल गर्नेहरु उत्तेजित भएका हुन सक्छन् । वर्षाले त के–के न गरिन् भने जस्तो गरेर उनीहरु ट्रोल बनाउन शुरु गरे । अर्को कुरा वर्षाको सोझोपन मात्र देख्न चाहनेहरु पनि धेरै छन् । किनभने उनले अभिनय र बोलीचालीका कारण पनि धेरै फ्यानहरु कमाएकी छिन् । त्यो हँुदा वर्षाको यस्तो पहिरनबाट उनीहरु पनि भड्किएका हुन सक्छन् । र, ट्रोल शेयर गरेका हुन सक्छन् । बिरोधीहरु त भइहाल्छन् नै । यदि वर्षा यस अघि पनि यसरी खुलेर प्रस्तुत भएकी थिइन् भने सायद यो ट्रोल बन्ने थिएन होला ।
फिल्मकर्मीदेखि मिडियाकर्मीसम्म वर्षाको पक्षमा


अहिले धेरै फिल्मकर्मीदेखि मिडियाकर्मी पनि वर्षाको पक्षमा बोलिरहेका छन् । जात्रै जात्रा निर्देशक प्रदीप भट्टराईले फेसबुकमा स्टाट्स लेख्दै वर्षालाई चर्चाको लागि पहिरनको सहायता लिनु नपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘एउटा कुरामा ढुक्क हुनुस्, वर्षा राउतलाई चर्चामा आउन लुगाको साहारा लिनुपर्दैन । आफ्नो अभिनय नै उनको लागि पर्याप्त छ । उनी कलाकार हुन् । परिआए जस्तो पनि पहिरन लागाउनुपर्ने हुनसक्छ । (Merofilm)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर