Aamsanchar

हल्दिवारीमा मृत हात्ती फेला, हाल सम्म झापामा ११ वटा जङ्गली हात्तीको मृत्यु

Author Image
शनिवार, असार १४, २०७६

भद्रपुर

झापाको हल्दिवारीमा जंगली हात्तीको छावा करेन्ट लागेर मरेको छ। हुलाकी राजमार्गसँग जोडिएको साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र करेन्ट लागेर छावा मरेको हो। यो सँगै २०६७ सालदेखि अहिलेसम्म जिल्लामा छावासहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका विष्णुलाल घिमिरेले जानकारी दिए। रनकाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको ५० मिटरनजिकै छावा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।  उनका अनुसार करिब तीन वर्षको छावा मत्ता हात्तीले आफ्नो सुँडले करेन्ट प्रवाह भएको अर्थिङको तार छोएपछि मरेको हो ।

घटनास्थलमा हात्ती हेर्न आउने स्थानीयको भीड लागेको छ। केही स्थानीयलाई मृत हात्तीलाई पूजा गर्दै फुल तथा पैसा चढाइरहेका छन्। करेन्ट लागेर मृत्यु भएको छावा हात्तीको पशु चिकित्सकले पोस्टमार्टम गरे पश्चात् त्यही जङ्गलमा खाल्डो खनेर पुर्ने तयारी भइरहेको उनले बताए। हात्तीबाट बस्ती जोगाउन विद्युतीय तारबार जलथलको चार कोषे जङ्गलमा ८ देखि १० वटा रैथाने हात्ती रहेको स्थानीय बताउँछन्।

रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ जङ्गली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न जङ्गल वरिपरि विगत ८ वर्षदेखि विद्युतीय तरबारको रूपमा अर्थिन करेन्ट लगाउँदै आइरहेको समूहका सदस्य योगेन्द्र लिम्बूले जानकारी दिए । शुक्रवार मध्यरातमा छावा र त्यसको माउसहित दुई वटा जङ्गली हात्ती निस्किएको समूहका अर्को सदस्य तारा निधि आचार्यले जानकारी दिए। माउ हात्तीले स्थानीय धनमाया लिम्बू, कृष्ण न्यौपाने र पशुपति वनको खेतमा गएर मकै खाएर क्षति पुर्‍याएका थिए। माउ हात्तीसँग छुटिएकाले छावा हात्तीको वनमै करेन्ट लागेर मरेको हुनसक्ने स्थानियले अनुमान गरेका छन।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर