Aamsanchar

तीनवटा ट्याक्टरसहित चालक पक्राउ

Author Image
बिहिवार, भदौ ९, २०७३

उर्लाबारी (मोरङ)।

tracto-julus1

मोरङको जाँतेस्थित वन क्षेत्रबाट अवैधरुपमा नदीजन्य निर्माण सामग्री सङ्कलन गरिरहेका तीनवटा ट्याक्टरसहित चालकलार्ई आज दिउँसो सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीको गस्ती टोलीले जाँते–४ को मुगु खोलामा ढुङ्गा सङ्कलन गरिरहेको अवस्थामा को १ त ६६३१, को १ त ४४४१ र को १ त १०२७ नम्बरका ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका ट्याक्टर र चालकलाई सेक्टर वन कार्यालय उर्लाबारी–६ मङ्गलबारेमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)