उर्लाबारी (मोरङ)।
उर्लाबारी–७ स्थित बेतनी सिमसारमा पौडी खेल्ने क्रममा डुबेर आज अपराह्न मधुमल्ला–२ घर भएका १८ वर्षीय कवीश बुढाथोकीको मृत्यु भएको छ ।
सिमसारमा पौडी खेल्ने क्रममा डुबेका बुढाथोकीलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि लैजाने क्रममा बाटामैै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक गङ्गा राईले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150