Aamsanchar

 बालिका बेपत्ता

Author Image
शुक्रवार, भदौ १०, २०७३

भीमदत्तनग।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् ।

स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भएको श्रीकृष्णजन्माष्टमीको फलफूललगायतका व्रत बसेको सामान महाकाली नदीमा बगाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।

तीमध्ये १६ वर्षीया सीता थापामगरको स्थानीयवासीले उद्धार गरेका छन् । उद्धार गरिएकी थापामगर बेहोस अवस्थामा रहेको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीमा स्थानीयवासी र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली जुटेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)