Aamsanchar

त्रिशूलीमा फेरि खस्यो गाडी,सात जनाको उद्धार

Author Image
शनिवार, भदौ ११, २०७३

चितवन।

नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे नजिकैबाट आज बिहान त्रिशूली नदीमा ट्रकसहित खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना३ख ४५५६ नंको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रक पानीमा डुबेको अवस्थामा छ । ट्रकबाट तीन बालबालिका, दुई महिला र दुई पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहनुभएका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार घाइते भएका उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ । घाइते हुनेमा चालक र सहचालक पनि छन् ।

करिब बिहान ७ बजेतिर ट्रक खसेको अनुमान गरिएको छ । उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले उद्धार गरेको हो । सोही क्षेत्रमा बिहीबार मात्रै यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा २२ जनाको मृत्यु, १६ जना घाइते र चार जना बेपत्ता भएका थिए । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)