Aamsanchar

जापान जान चाहने विद्यार्थीलाई बिर्तामोडमै निशुल्क सेमिनार

Author Image
शनिवार, भदौ ११, २०७३

raj

बिर्तामोड ।
फाष्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सी प्रा.लि बिर्तामोडले जापान जान चाहने विद्यार्थीको निशुल्क शैक्षिक परामर्श तथा सेमिनारको आयोजना गरेको छ ।
जापान जान चाहने विद्यार्थीलाई सही सूचना र शैक्षिक परामर्श दिएर आवश्यक तयार कक्षा सञ्चालन गर्दै त्यहाका विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्ययन हुने विषयको जानकारी दिने उद्देश्यले सेमिनारको आयोजना गरिएको फाष्ट ट्रयाकका प्रवन्ध निर्देशक खड्ग ताम्लिङ लिम्बूले जानकारी दिनुभयो ।

आइतवार बिर्तामोडमा हुने सेमिनारमा ४० देखि ५० जना विद्यार्थी सहभागी गराउने शाखाका शाखाका प्रवन्ध निर्देशक राजकुमार कार्कीले बताउनुभयो । संस्थाले अहिले जापान मात्र नभएर अन्य मुलुकका लागि अब्रोड स्टडी समेत गराइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०६४ साल असार १२ गतेबाट कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको सो संस्थाले छोटो समयमा धेरैलाई जापान पठाएको पनि बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिनुभयो ।

fast t
बिर्तामोडस्थित शाखा कार्यालयबाट २४ जना विद्यार्थी जापान पुगेको र अध्ययन गर्न थालिसकेको प्रवन्ध निर्देशक ताम्लिङले जानकारी दिनुभयो । उहाले भन्नुभयो–‘बिर्तामोडको शाखा कार्यालयबाटै ३५ जना विद्यार्थी जापान जान भाषा अध्ययन तथा तयारी कक्षा गर्दै छन्, उनीहरु पनि अध्ययनपछि जापान जान्छन् ।

फाष्ट ट्रयाकले अष्ट्ेिरलिया, युएस र न्युजिल्याण्डका युनिभरसीटी तथा कलेजहरुसाग पनि विद्यार्थी पठाउन सम्झौता गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । फाष्ट ट्रयाकका शाखा काठमाडौंको चावाहिल, वुटवल , पोखरा र बिर्तामोडमा रहेको जानकारी दिइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर