चारआली ।
नेप्लिज टिन्स झापाको प्रथम बार्षिकोत्सव तथा स्वर्गीय दिपीका लिम्बूको स्मृतिमा शनिवार चारआलीमा रक्तदान सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थित भएका ८४ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष मनिष बस्नेतलले जानकारी दिए । सो अवसरमा ९१ पटक रक्तदान गर्ने नेत्रविक्रम विमलीलाई सम्मान गरिएको थियो । सञ्जय बस्नेतको अध्यक्षता र स्व. दिपीकाकी आमा हेमलत्ता लिम्बूको प्रमुख आतिथ्यमा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक विशाल भट्टराईले बताए ।
कार्यक्रम सम्पन्न गर्न दाह्री ग्याङ, जीआरआर, सीवाईएन, चारआली जेसीज, झापा उद्योग वाणिज्य संघ शाखा चारआली, वेल फेयर अफ नेशन, सक्रिय युवा समाज, मोवाइल दोकान बिर्तामोड, कङ्गारु एजुकेशन फाउण्डेशन, ग्लोबल मेनेजमेन्ट फाण्डेशन, हेल्थ एण्ड ग्लो, कम्प्युटर केयर एण्ड इलेक्ट्रोनिक, ओएसिस एजुकेशन फाउण्डेशन लगायतले सहयोग पुर्याएको संस्थाका एलिस तिवारीले जानकारी दिए । सागर अजनवीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा दीक्षा तिम्सिनाले स्वागत र रिजु चौहानले सञ्चालन गरेकी थिइन् ।