चारपाने, भदौ २०। आफ्नै देशमा बसौ समाजसेवा गरौं भन्ने मन कस्को हुदैन र तर समय परिस्थितीले मान्छे आफ्नै ठाउँ, गाउँ र देश छोडन बाध्य बनेको हुन्छ र उ भित्रको देश र समाज प्रतिको प्रेम आघात बनेर बसेको हुन्छ । आफ्नो गाउँ समाजमा प्रकृतिक र अप्राकृति घटनाका कारण धेरै नेपाली दाजुभाई दिदी बहिनीहरुमा दुःख र पिडाको कालो बादल ढाकिने गर्छ । त्यस्ता पिडित व्यक्तीहरुलाई एक व्यक्तिले चाहेर पनि ठुलो सहयोग गर्न सक्ने अवस्था हुदैन किनकी उआफै जीवन यापकोलागि रातदिन संर्घष गरिरहेको हुन्छ ।
केही समय अघी सेवा सहयोग गर्ने मनलाई सधै फराकिलो पार्नेहरु बिचको भेट स्मुल याप्सले गराएर पछि अहिले त्यो समुह लेड्स सिङनिङ टुगेदर ( एल.एस.टी.) संस्थाको रुपमा स्थापित रहेको छ ।
संगित प्रति रुची राख्नेहरुको समूह हो एल.एस.टी. । यसमा नेपालका सबै जिल्ला र विदेशमा बस्ने संगितप्रेमीहरु जोडिएका छन । जसमा हाल महिला २० र पुरुष गरेर एकसयको संख्या रहेको छ, सदस्य संख्या क्रमस् बढदै गएको पनि छ ।
ईन्टरनेटबाट नै सदस्यता लिन सकिने ईन्टरनेटबाटै आर्थिक सहयोग संकलन गर्ने गरिन्छ र सहयोग गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्र नकिजको सदस्यले पिडितलाई मानविय सेवा हुनेखालको आर्थिक तथा जिन्सी हस्तान्तरण गर्ने गर्दछ ।
आफ्नो सदस्य राम सुनारका ससुरा झापा कनकाई निवासी ४५ बर्षीय बलदेब राई प्रेसरको कारण ब्रेनमा रगत जमेर विर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचार्थ रहेको अवस्थामा बुधबार हस्पिटलमै पुगेर संस्थाका सदस्य धरानका सुभास बर्देवा र बिर्तामोड चारपानेका हरिहर गुईदेलले ५४ हजार रुपैया सहयोग रकम उपल्बध गराएका छन ।
खासगरी यो संस्थाले संगित प्रति रुची राख्ने गाउँघरमा अवसर र आर्थिक अवस्था कमजोर भएको कारणले आफ्नो प्रतिभा प्रस्र्पोटन गर्नबाट बन्चित रहेका संगित प्रेमीलाई सहयोग र अवसर उपलब्ध गराउने मुख्य उदेश्य राखेको सदस्य गुईदेलले बताए ।