Aamsanchar

पूर्वको पुरानो सङ्गिनी गीत सङ्कटमा

Author Image
आइतवार, भदौ १२, २०७३

पथरी  । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका कारण सङ्गिनी गीत र नृत्य सङ्कटमा परेको हो ।

विगत एक हप्तादेखि मोरङमा विभिन्न पार्टी प्यालेसमा सामूहिक रुपमा आयोजना भएका चार दर्जन कार्यक्रममा सङ्गिनी गीत र नृत्य समावेश भएन । त्यहाँ उत्ताउला नेपाली र हिन्दी गीतसङ्गीतमा छमछमी नाचेर तीज मनाइरहेका छन ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल र नेपाल स्वास्थ्य प्राविधिक सङ्घ, सयपत्री महिला सेवा केन्द्र विराटनगर, सञ्चारिका समूह मोरङ, संयुक्त महिला टोल सङ्गठन लगायतका सङ्घसंस्थाले मनाएका तीजका कार्यक्रममा पनि सङ्गिनी गीत बजेन ।

विराटनगर–११ की ६० वर्षीया बन्दना शर्माले भन्नुभयो, “करिब ४० वर्षअगाडि तीज भनेपछि सङ्गिनी नै गाउने र नाच्नेको भिड हुन्थ्यो अहिलेको तीज त केही न कामको भयो । रमाइलो छैन ।”

अर्की ५० वर्षीया उषादेवी पोखरेलका अनुसार अहिलेको तीज रमाइलो छैन । उहाँ भन्नुहुन्छ, “सङ्गिनी गाउन छाडे, हिन्दी र फजुलका हिन्दी गीत मात्र बज्छन्, रमाइलो छैन ।”

उहाँका अनुसार ३५–४० वर्षअघि तीजको बेलामा गाउँ वा टोलै सङ्गिनीमय हुन्थ्यो । त्यसैले वृद्धवृद्धाले सङ्गिनी गीत लोप भएका कारण खासै रमाइलो मानेका छैनन् । सङ्गिनी गीत पूर्वी नेपालको पुरानो लोकालय शैलीको तीज गीत हो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)