बिर्तामोड ।
उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीका लागि बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेसन कन्सल्टेन्सीले आइतबार एक दिने नि:शुल्क सेमिनार सम्पन्न गरेको छ ।
भद्रपुर रोडस्थित आफ्नै कार्यालयमा आयोजित सेमिनारमा ३० जनाभन्दा बढी विद्यार्थीको उपस्थिति रहेको फास्ट ट्रयाकका बिर्तामोड शाखा प्रमुख राजकुमार कार्कीले जानकारी दिए । सेमिनारपछि १६ जना विद्यार्थीले एड्मिसन समेत गरेको बताइएको छ । सेमिनारमा अर्जुन खड्का र फास्ट ट्रयाकका प्रवन्ध निर्देशक खड्ग ताम्लिङले सहजीकरण गरेका थिए ।
सेमिनार प्रभावकारी भएको बताउादै शाखा प्रमुख कार्कीले आगामी दिनमा पनि यस्ता सेमिनार आयोजना गरिने जानकारी दिए । विद्यार्थीलाई अब्रोड स्टडीका लागि जापान मात्र पठाएर ख्याती कमाएको फस्ट ट्रयाकले अब अष्ट्रेलिया, युएसए र न्युजिल्याण्डका लागि पनि काम गर्ने बताईएको छ ।
फास्ट ट्रयाकमा अहिलेसम्म जापानिज भाषाको मात्र पढाई हुादै आएकोमा अबको केही दिनपछि भने टोफेल, आइएलटीएसको क्लास पनि सुरु हुने बिर्तामोड शाखा प्रमुख कार्कीले जानकारी दिए । अब्रोड स्टडीका लागि जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिने उद्देश्यले वि.सं ०६४ मा फास्ट ट्रयाकको स्थापना भएको हो । पूर्वका विद्यार्थीलाई लक्षित गरी एक वर्षअघि बिर्तामोडमा शाखा सुरु गरेको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155