Aamsanchar

गरिबलाई चाँडै परिचयपत्र वितरण गरिने

Author Image
सोमवार, भदौ १३, २०७३

काठमाडौँ।

Poverty_Loan

सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ ।

मन्त्रालयले हिमाल, पहाड र तराईका २५ जिल्लामा प्रारम्भिक चरणमा गरेको सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ । अति गरिबमा ५० प्रतिशत छन्, जो साँझ बिहान के खाने भन्ने समस्यामा छन् । गरिबमा ३० प्रतिशत त्यस्ता छन्, जो दुःख गरी जेनतेन हातमुखसम्म जोर्न सक्ने अवस्थामा छन्ध्र त्यसैगरी गरिबीको सङ्घारमा २० प्रतिशत जनता छन्, जसको आर्थिक गतिविधिमा ध्यान नदिने हो भने अब छिट्टै गरिब बन्ने अवस्थामा छन् ।

मन्त्रालयका अनुसार मानिसको आम्दानीको स्रोत, घरको अवस्था तथा खानपिनको अवस्था, शिक्षा, स्वास्थ्य तथा जातीयताको पहुँचजस्ता विषयलाई आधार बनाएर सर्वेक्षण गरिएको थियो । कर्णालीमा धेरै गरिब भेटिएका छन् । केहीका बारेमा उजुरी परेकाले आगामी असोजसम्ममा गरिने दोस्रो चरणको सर्वेक्षणमा केही सङ्ख्या घट्न सक्ने मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले जानकारी दिनुभयो ।

त्यसपछि अन्तिम नामावली प्रकाशन गरिनेछ प्रवक्ता प्रधानले त्यस क्षेत्रमा कामा सम्पन्न भएपछि अन्य ५० जिल्लामा समेत गरिब पहिचान गर्ने योजना रहेको जानकारी दिनुभयो । यसरी गरिबको पहिचान भइसकेपछि सरकारले उनीहरूलाई छिट्टै परिचयपत्र वितरण गरी सक्दो सुविधा उपलब्ध गराउने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)