Aamsanchar

तपाई ज्वतिष सास्श्रमा बिश्वास राख्नु हुन्छ ? मंगलबारको बारेमा यस्तो भनेको छ

Author Image
मङ्गलवार, असोज ७, २०७६

बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ । कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

१, मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२, मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३, मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४, मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५, मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)