Aamsanchar

मापदण्डविपरित औषधि पसल सञ्चालनमा

Author Image
मङ्गलवार, भदौ १४, २०७३

ताप्लेजुङ ।

images

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मापदण्डविपरित औषधि पसलहरु सञ्चालनमा रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल नजिकै खुलेका औषधि पसलहरु मापदण्ड विपरितका रहेको पाइएको हो ।

अधिकांश औषधि पसलहरु फर्मासिष्ट बिना नै सञ्चालनमा रहेको, औषधि बिक्रीका लागि ईजाजत लिने व्यक्ति पसलमा नबस्ने गरेको र औषधिको नामसमेत नचिन्ने कर्मचारीले औषधि बिक्रीवितरण गर्ने गरेको पाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

उनले केही औषधि पसलले म्याद नाघेका औषधि बिक्री वितरणमा राखेकोसमेत पाइएको बताए ।

मापदण्डविपरित विपरित सञ्चालित औषधि पसललाई एक साताभित्र सुधार गर्न निर्देशन दिइएको र निर्देशन पालना नगर्नेलाई कानुनी दायरामा ल्याउने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)