Aamsanchar

अब जेलभित्रै यौन सम्पर्क गर्न पाउने, गर्भवती भए ६० दिन बिदा

Author Image
शुक्रवार, कार्तिक २२, २०७६

कात्तिक २२, २०७६ काठमाडौं स् अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन। बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन्।

बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन। कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन्। त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन्। सुत्केरी हुँदा उनीहरूलाई दुई महिना परिवारसँग परिवारसँग बिताउन दिइनेछ भन्ने खबर कान्तिपुर दैनिकमा छ।

सरकारले यी दुई व्यवस्था समेटेर कारागार ऐन संशोधन विधेयक तयार पारेको छ। संसद्को आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेस गरिँदै छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)