Aamsanchar

पानी प्रशोधन केन्द्र सञ्चालनमा आएन

Author Image
शुक्रवार, भदौ १७, २०७३

इलाम ।

mineral_water

इलाम सदरमुकाममा वितरण हुँदै आएको खानेपानी प्रशोधन गर्न निर्माण गरिएको पानी प्रशोधन केन्द्र सात वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आएको छैन् ।
निर्माणकै चरणमा समस्या देखिएको फिल्टर माइपोेखरीस्थित पानी प्रशोधन केन्द्रका लागि इलाम नगरपालिकाले ५० लाख रूपैयाँ मर्मतमा सकिएको बताएपनि उपभोक्ता भने प्रशोधन बिनाकै पानी पिउन वाध्य भएका छन् ।
नगरबासीलाई शुद्ध पानी उपलब्ध गराउने भन्दै नगरपालिकाको कार्यालयले सात वर्षअघि रू।दुई करोड सात लाख खर्चिएर पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो । धेरै रकम खर्च गरेर बनाइएको प्रणालीले काम नगरेपछि मर्मतका लागि मात्रै ५० लाख रूपैयाँ भन्दा बढी खर्च भइसकेको छ । फिल्टर टंकी मर्मतका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलेनै २० लाख रूपैयाँ खर्चिएको थियो । त्यसपछि पनि खानेपानी प्रशोधन गर्ने प्रणालीले काम नगरेपछि जाइकाको सहयोगमा अघिल्लो वर्ष मात्र रु ३० लाख खर्च गरेको छ ।
यत्ति हुँदा पनि सदरमुकाममा वितरण हुने खानेपानी प्रशोधन गर्न बनाइएको फिल्टर ट्याङ्की पूर्णरूपमा चलेको छैन । रफिङ फिल्टरबाट निस्किएको पानी गिट्टी र बालुवा भएको अलग–अलग ट्याङ्कीमा थिगार्नु पर्ने हो । ठूलो ट्याङ्कीमा पानी लगाउँदा पानी हराउने भन्दै नगरपालिकाले ट्याङ्कीमा पानी लगाएको छैन् । ‘ठूलो ट्याङ्कीमा पानी लगाउँदा पानी कम हुन्छ’ इलाम नगरपालिकाका सव इञ्जिनियर राधाकृष्ण घिमिरेले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)