Aamsanchar

दशैं खर्च कमाउन हिडेका बालकको उद्धार

Author Image
शुक्रवार, भदौ १७, २०७३

धनकुटा।

nepal-child-labour-revolution-needed

रौता कन्स्ट्रक्शनका लागि निर्माण मजदुरका रुपमा संखुवासभाको नुम तर्फ लाँदै गरिएको सात बालकलाई धनकुटाको पाख्रिवासबाट प्रहरीले उद्धार गरेको छ ।
निर्माणाधीन कोशी राजमार्ग अन्र्तगत निर्माण मजदुरका लागि उदयपुर जिल्लाको विभिन्न स्थानबाट बालबालिालाई वटुलेर निर्माणस्थल तिर लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो  । स १ त ५००३ नं को ट्याक्टरको डालामा राखेर लाँदै गरेको अवस्थामा बालकलाई नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएका उदयपुर जिल्ला त्रियुगा–२ का १५ वर्षीय सुसन जोगीका अनुसार घरमा वुवा आमा सँग सल्लहा गरेर दशैं खर्च केही कमाउन सकिन्छ कि भनेर आएको बताउनुभयो । यसैगरी सोही ठाँउ निवासी वर्ष १३ का भिषण राईका अनुसार दशैं खर्च केही बनाउन सकिन्छ कि भनेर नै साथीहरु सँग मिलेर काम गर्न हिडेको तर प्रहरीले फर्काउदा दुःख लागेको वताउनुभयो ।
वास्तवमा यी प्रतिनिधि पात्र मात्र हुन् अरु सवै वालवालिकाको कथन उस्तै रहेको छ । यता वालकलाई काममा लाने जिम्मा लिनुभएका त्रियुगा–७ का वर्ष २३ का नविन राईका अनुसार रौता कन्स्ट्रक्शनवाट पेश्की लिएको र सवैलाई करकाप नगरेर कतिपयको वुवा आमाको सल्लहामै हिडेको दावी गर्नुभयो । राईका अनुसार कसैलाई नजाउ भन्दा पनि आफै कर गरेर ठाँउ पनि हेर्ने पैसा पनि हुनेभनेपछि हौसिएर आएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक विभुतीराज पाण्डेका अनुसार नियन्त्रणमा लिईएका वालकलाई अनुसन्धान प्रश्चात अभिभावकको जिम्मा लगाउने तयारी गरिएको र बालकलाई ल्याउने नविन राईलाई आवश्यक अनुसन्धान गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)