Aamsanchar

मेचीनगरको अस्मिता पछि बिर्तामोडको दिपीका पाउरोटी उधोगमा शिलबन्दी

Author Image
शुक्रवार, मंसिर १३, २०७६

प्रतिकात्मक तस्वीर

बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको दिपीका पाउरोटी उधोगमा शिलबन्दी गरिएको छ । ०६६ सालदेखि सञ्चालनमा रहेको सो उधोगले अनुज्ञा पत्र नलिई सञ्चालन गरेकोले शिलबन्दी गरिएको घरेलु कार्यालय झापाका प्रतिनिधि हर्क विकले जानकारी दिए ।

सो उधोगलाई यसअघि नै अनुज्ञा पत्र लिन सचेत गराइएको थियो । अनन्ता खनालको नाममा रहेको दिपीका पाउरोटी उधोग हाल मदन राजवंशीले सञ्चालन गर्दै आएका थिए । आज जिल्लास्तरीय सरोकारवाला निकायले अनुगमनका क्रममा शिलवन्दी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उधोग कार्यालय झापा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापा, बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय बिर्तामोडले बिहीवार बिर्तामोडको ५ वटा वेकरी उधोगमा संयुक्त अनुगमन गरेको छ । बिर्तामोड–५ को दिपीका पाउरोटी, गणपति वेकरी र बिर्तामोड –४ को घोष पाउरोटी उधोग, प्रशंसा पाउरोटी उधोग , कञ्चन पाउरोटीमध्ये सबै भन्दा राम्रो गणपति वेकरी रहेको अनुगमनमा रहेका प्रतिनिधिले जानकारी दिए ।

सम्बन्धीत कार्यालयहरुले मापदण्ड पुरा गरे नगरेको, खाद्यबाट अनुमती पत्र लिए नलिएको, सरसफाई, कर्मचारीको सुरक्षा, मिसावट र गुणस्तरीय उत्पादनका बारेमा हेर्न गरेका छन् । घोष पाउरोटी उधोगलाई समेत अनुज्ञा पत्र लिन पहिलो पटक सचेत गराइएको छ, विकले भने – तिन महिनाभित्र अनुज्ञा पत्र नलिए शिलवन्दी गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)