Aamsanchar

जग्गा पास गरिदिने कागज एउटासँग, धितो पास अर्कोलाई

Author Image
बुधवार, पौष २, २०७६


भद्रपुर । जग्गाधनीले एउटालाई जग्गा पास गरिदिने कागज गरेर अर्को व्यक्तिलाई धितो पास गरिदिएपछि आर्थिक अवस्था न्यून भएको एउटा परिवार विस्थापित हुने अवश्थामा पुगेको छ ।

झापाको विर्तामोड ८ स्थित शखरबारीका गणेश कटवालको परिवार यस्तो समस्यामा परेको हो । स्थानीय प्रेम पोख्रेलले कटवाल परिवारलाइ साविक गरामनी ३, हाल विर्तामोड ८ मा रहेको कि।नं। १६२२ बाट १५ धुर जग्गा पास गरिदिने भन्दै ०७२ फागुन २५ मा अढाइ लाख रुपैयाँ मूल्य कायम गरी साधा कागजमा दुवै पक्षले लिखित कागज गरेका थिए । कागज पश्चात कटवाल परिवारले एक लाख तत्काल दिएका थिए भने बाँकी रकम ०७३/७४ साल भित्र पास गर्ने गरी लिखित कागज गरेका थिए । बाँकी रहेको एकलाखमध्ये ०७३ जेठ २८ गते ३० हजार समेत कटवाल परिवारले घिमिरेलाइ दिएका थिए ।

पहिलो कागज गरेको लगभग एक वर्ष पछि ०७३ कात्तिक २५ गते पुनः दोस्रो कागज गरी ०७४ चैत्र मसान्तसम्म जग्गा पास गरिदिने गरी कागज गरेका थिए । कागजमा स्थानीय होमनाथ अधिकारी, डम्बर बहादुर कार्की र प्रेमबहादुर पोखरेल साक्षी बसेका थिए । पोख्रेलले कटवाललाइ जग्गा पास नगरी स्थानीय भिमादेवी घिमिरेलाइ एक तले पक्की घरसहित ५ कठा र कटवाललाइ कागज गरेको १५ धुर जग्गा समेत सोही बिचमा धितो पास गरिदिए । यो कुरा कटवाल परिवारले थाहा पाएनन् ।

पोखरेल र कटवालबिचको कागजको भाका नाघेपछि ०७५ चैत्र ५ गते लक्ष्मी नारायण घिमिरेकी श्रीमती भिमा देवी घिमिरेको नाममा रहेको कि.नं. १६२२ बाट १५ धुर जग्गा ०७६ जेठ मसान्तसम्मा बाँकी रहेको ३० हजार रुपैयाँ कटवाल परिवारबाट लिएर रजिष्टेशन पास गर्र्ने गरी ०७५ चैत्र ५ गते घिमिरे र कटवालबिच लिखित कागज गरेका थिए । कागजमा प्रेम घिमिरे, स्थानीय मन कुमार राजवंशी र बृख बहादुर कार्की साक्षी वसेका थिए । पटक पटक जग्गा पास गराइदिनु भन्दा पोखरेलले भाका मात्र दिदै आएको पीडित गणेश कटवाल बताउँछन् ।

पछि वङ्ैकका कर्मचारी घरमा आउँदा मात्र वैङ्कमा धितो राखेको कटवाल परिवारले चाल पाए । लिलामी प्रकृया अन्तीममा पुग्दा मात्र थाहा पाएको उनले बताए । ‘पोखरेलले घर बनाउनु भन्नु भयो वनाइयो अब कुनै प्रमाण छैन’ तीनवटा कागज देखाउदै गणेशले भने । आफ्नो नाममा जग्गा नभएपछि सेवा सुविधाबाट समेत बञ्चित हुनु परेको गणेशकी श्रीमती यमुना बताउँछिन् । स्थानीय विष्णुमाया कार्कीको धनी पूर्जाबाट घरमा विजुली जडान गरेको उनले सुनाइन् । श्रीमान ९गणेश० ३ वर्षसम्म विरामी परेर हालै ठिक भएको र खर्च अभावका कारण २१ वर्षीया छोरी सावित्रा ओछ्यान परेको १० वर्ष भइसकेको उनले गहभरी आँशु पार्दै सुनाईन् । ‘जती बज्र गरिबलाइ नै आउँदो रहेछ’ उनले भनिन्, ‘अब यो परिवार कहाँ जानुरु विचल्लीमा परेको कसलाई सुनाउनु ।’

जीवनभर पेट काटेर जम्मा गरेको रकम हालेको जग्गामै आफु बस्न चाहेको भन्दै उनी सबैसँग हारगुहार गरिरहेकी छिन् । अहिले लिलाम हुने अवश्थामा पुगेपछि समस्यामा परेको उनी बताउँछिन् । घिमिरेले समयमा रकम नतिरेका कारण एक रात इलाका प्रहरी कार्यालयमा हिरासतमा राखिएको स्थानीयले बताएका छन् । घिमिरेका कारण पोखरेल र कटवाल दुवै परिवारविचल्लीमा पारेको स्थानीयले बताए । शुरुमा कागज गर्ने प्रेमले रकम लिएको स्वीकार गरे ।

उनले रकम अभाव भएका कारण ५ कठठा १५ धुर चिनजानका आधारमा स्थानीय लक्ष्मी नारायण घिमिरेकी श्रीमती भिमालाइ धितो पास गरिदिएको बताए । घिमिरेले नेपाल बङ्गलादेश वैङ्कबाट २४ लाख रुपैयाँ निकालेर साढे ८ लाख दिएको र बाँकी उनले चलाएको प्रेमले बताए । ‘रकम त निकाले तर, घिमिरेले एक किस्ता पनि व्याज तिरेनन्, ’ उनले भने । जग्गा पास गर्ने भन्दै दुइ पटक वैङ्क खातामा रकम नभएको चेक घिमिरेले दिएर झुलाएको प्रेम बताउँछन् । घिमिरेबाट साढे ८ लाख रुपैयाँ लिएकोले साहरा नेपालबाट २ लाख रुपैयाँ वैङ्कमा बुझाएको पोखेल बताउँछन् । सवै जग्गा घिमिरेलाइ धितो पास गरिदिएको उनले सुनाए ।

वैङ्कले तागेता गर्दा समेत घिमिरेले व्याज नतिरेपछि वैङ्कले लिलामी प्रकृया अगाडि बढाएको छ । यता घिमिरे भने वैङ्कलाइ रकम दिएर माघ मसान्तसम्म जग्गा फुकुवा गरी फागुन भित्र कटवाल परिवारलाइ जग्गा पास गरिदिने बताउँछन् । वैङ्कमा सोमबार मात्र ११ लाख रुपैयाँ व्याज वुझाएको उनले सुनाए । व्याज रकम नबुझाएका कारण धितो लिलाम भइ सकेको नेपाल बङ्गलादेश वैङ्क विर्तामोडका प्रवन्धक श्याम रिजालले बताए ।

सावाँ र व्याज गरी लगभग ३० लाख रुपैयाँ तिर्न देखिएको उनले बताए । खाता बन्द भइ वैङ्कको नाममा जग्गा आइसकेको उनको भनाइ छ । २१ दिनको सूचना प्रकाशित गर्दा कसैले नसकारेपछि पुन ः केही दिनमा अर्को सूचना विभागले निकाल्ने उनको भनाइ छ । रकम निकालेपछि एक पटक पनि धितोवालाले व्याज नतिरेको उनले बताए । वैङ्क कै नाममा जग्गा गएपनि भरसक धितोवालालाइ नै फिर्ता गराउने व्यवहारिक पक्ष रहेको उनको भनाइ छ । पीडित परिवार बारम्बार वैङ्कमा आइरहनु भए पनि घिमिरेले भने ठूला कुरा मात्र गर्ने गरेको उनले बताए ।

घिमिरेले विर्तामोडमा रहेको गाई फारम देखाएर वैङ्कबाट २४ लाख रुपैयाँ निकालेको जानकारीमा आएको वडा नम्बर ८ का कार्यबाहक अध्यक्ष दीपक भट्टराइले बताए । वैङ्कलाइ रकम बुझाएर जसरी भएपनि कटवाल परिवार विस्थापित हुनबाट जोगाउन पहल गरिरहेको उनले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर