झापा ।

जिल्ला कारागार झापामा कर्तव्य ज्यान तथा चोरी मुद्धामा जेल सजाय भोगिरहेका एक जना कैदी फरार भएका छन् ।

झापाको गौरादह नगरपालिका ८ बस्ने बर्ष २५ का उमेश माझी दिउँसो २ बजे आसपासको समयमा कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी भीम ढकालले बताए ।
उनी कसरी भागे भन्ने विषयमा छानबिन भइरहेको एसपी ढकालले बताए । दिउँसै कैदी फरार भएपछि कारागारको सुरक्षाको विषयमा गम्भिर प्रश्न खडा भएको छ । स्रोतका अनुसार कैदीले दिउँसै कारारभित्र भ¥याङ बनाएर माझी कारमगारबाट भागेको जनाइएको छ ।

Views: 126

