Aamsanchar

जीपको ठक्करबाट थप एकको मृत्यु

Author Image
सोमवार, साउन २८, २०७५

पाल्पा, 

तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ ।

युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महिनाका निसान बस्यालको आइतबार नै मृत्यु भएको अस्पतालले जनाएको थियो ।

तानसेनको हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नम्बरको जीपले आइतबार ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट पाँच जना घाइते बनेका थिए । पाँचमध्ये दुईको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर