Aamsanchar

करेन्ट लागेर मृत्यु

Author Image
सोमवार, भदौ ११, २०७५

दाङ, 

करेन्ट लागेर आज एक कर्मचारीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ अमर माध्यमिक विद्यालयमा कार्यरत कर्मचारी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विद्यालयले उरहरी चोकमा व्यानर टाँसने क्रममा चौधरी करेन्ट लागेर घाइते भएका थिए । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Views: 182

प्रतिक्रिया (०)