Aamsanchar

डाँगीबारी स्थित नवदुर्गा मन्दिर निर्माणका लागि ५० लाख संकलन

Author Image
बुधवार, माघ ८, २०७६


वाह्रदशी। ऐतिहासिक महत्व बोकेको झापाको बाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको नवदुर्गा मन्दिरको स्तरोन्नतिका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान महायज्ञमा हालसम्म ५० लाख रुपैयाँ सहयोग जुटेको छ ।
गत माघ २ गते विहीवारबाट सञ्चालन भएको महायज्ञमा नगद र जिन्सी सहित पचास लाख रुपैयाँ सहयोग जुटेको पुराण आयोजक मूल समितिका अध्यक्ष देवेन्द्र चम्लगाईले बताए  ।

आचार्य छन्दूराम भण्डारीले महायज्ञमा कथा वाचन गरिरहनु भएको छ । महायज्ञबाट सङ्कलन गरिएको रकमले दुर्गाको मन्दिर निर्माण गर्ने र डाँगीवारीमा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको महायज्ञ मूल समारोह समितिका प्रचार प्रसार संयोजक देवराज कार्कीले जानकारी दिएका छन ।

नेपाली कांग्रेसका युवा नेता तथा पार्टीका नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य भगीरथ पोद्दारको आतिथ्यमा महायज्ञमा सहयोग गर्ने सवै दाता महानुभावलाई वुधवार सम्मान गरिएको गौरीशंक माध्यमिक विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले जानकारी दिए ।  महायज्ञमा सहयोग गर्ने दाताको उत्साह उस्तै रहेको र तन, मन र बचनले सहयोग गर्ने सवै दातालाई मन्दिर व्यवस्थापन समिति र महायज्ञ मूल समारोह समितिले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१